प्रधानमन्त्री ओली अस्पताल भर्ना

सफल खबर संवाददाता

सोमबार, १२ कार्तिक २०७५, १० : ०९
प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौँ  । स्वास्थ्यमा समस्या देखीएपछि प्रधानमन्त्री केपि शर्मा ओली अस्पताल भर्ना भएका छन् । 
केहीदिनदेखी रुघाखोकी र ज्वरोका कारण निवासमै आराम गरिरहेका ओलीको खोकी बढेपछि त्रिवि शिक्षण अस्पताल लगिएको उनका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए । 

ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे केही बेरमा पत्रकार सम्मेलन गरेर जानकारी दिईने अस्पतालले जनाएको छ । 

११ बर्षअघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली नियमीत औषधी सेवन गर्दै आईरहेका छन् ।  यसअघि शुक्रबार स्वास्थ्यमा सामान्य समस्या देखिएपछि ओलीले मन्त्रीपरिषद बैठकल स्थगीत गरेका थिए । चिकित्सकको सल्लाहअनुसार शनिबार पार्टीले भृकुटीमण्डपमा आयोजना गरेको चियापानमा समेत ओली उपस्थित भएनन् । 

स्वास्थ्यमा सुधार आएपछि आईतबार ओलीले मन्त्रीपरिषद बैठक सरकारी निवास बालुवाटारमै डाकेका थिए । चिकित्सकसंग परामर्श लिन आज बिहानै अस्पताल लगिएको प्रेस सल्लाहकार डाक्टर अर्यालले जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस