काठमाडौँ। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले सात बुँदे सहमतिको अपमान गरेको टिप्पणी गरेका छन् ।
पृथ्वी जयन्तीका सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा केसीले प्रधानमन्त्री ओलीले २०८७ मा मात्रै संविधान संशोधन हुन्छ भन्नु सात बुँदे सहमतिकै अपमान भएको बताएका छन् । संविधान संशोधनका लागि अन्तिम निष्कर्ष जहिले निस्के पनि त्यसको प्रारम्भ भने अहिलेदेखि नै गर्नुपर्ने उनले बताएका छन् ।
संविधान संशोधनका लागि संसदभित्र रहेका दलमात्रै नभई सबै पक्षसँग सहकार्य गर्नुपर्नेमा उनले जोड दिए । दुईदलले मात्रै संविधान संशोधन गर्न नसक्ने भए सर्वदलीय संयन्त्र गठन गर्न उनले सुझाव दिएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस २१-२३ सम्म बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा २०८७ को माघमा मात्रै संविधान संशोधन हुने अभिव्यक्ति दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ पुस २०८१, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अदालती प्रक्रियामा प्रभाव पार्न खोज्नु विधिको शासनको उपहास: नेता केसी
नयाँ बन्ने सरकारको मूल उद्देश्य संविधान संशोधन : नेता केसी
पार्टी विधि पद्धतिमा चलाउनुपर्छः नेता केसी
रविलाई अर्जुननरसिंहको चुनौती- कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको प्रमाण भए देखाउनुस्
सहमति भए प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणालीमा जान सकिन्छ : अर्जुननरसिंह केसी