राजाको नामबाट संसद् तरंगित हुँदा अति खुसी छौं : राप्रपा सांसद प्रधान

सफल खबर संवाददाता

मंगलबार, २७ फागुन २०८१, १६ : ४९
राजाको नामबाट संसद् तरंगित हुँदा अति खुसी छौं : राप्रपा सांसद प्रधान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले पूर्वराजाको नामबाट संसद् तरंगित हुनु खुसीको कुरा भएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गैरजिम्मेवारपूर्ण कुराहरू राखेको भन्दै आपत्ति जनाए ।

भविष्यमा जनताले सदनमा नपस्ने व्यवस्था गर्नसक्ने कुराको हेक्का राख्न चेतावनी दिए ।संविधानमा व्यवस्था परिवर्तन नहुने भन्नेकुरा नरहेको उल्लेख गर्दै उनले अहिलेको वर्तमान व्यवस्थाले देशको संरक्षण गर्न नसक्ने जिकिर गरे ।

‘आज सदन राजाको नामले तरंगित छ, अति खुसीको कुरा हामी हर्षित छौँ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा फागुन ७ गत राजाबाट शुभकामना व्यक्त हुँदै आफ्नो अभिभावकीय भूमिका बिर्सि बक्सिएन,’ प्रधानले भने, ‘आफ्नो बाटोबाट अन्यत्र लगिरहेको अहिलेको वर्तमान व्यवस्थाले देशको संरक्षण गर्न सक्दैन, जनताको हित गर्न सक्दैन, त्यसकारण यो सन्दर्भमा सबै जना एकसाथ जुटौँ भन्ने सन्देशलाई सबै नेपालीले आत्मसात गरे ।

२५ गते पोखराबाट फिर्ती सवारी हुँदा स्वतःस्फुर्त जनता स्वागत गर्न एयरपोर्टबाट निर्मलनिवाससम्म सरिक रह्यो ।’ उनले आफूहरुले राम्रोसँग संविधान अध्ययन गरेको पनि बताए । राजसंस्थाको उपस्थिति नभएसम्म लम्पसारवादी व्यवहार जारी रहने बताए ।

प्रतिक्रिया दिनुहोस