वडाध्यक्षको तयारी गर्न रिमाललाई शाहीको सुझाव

सफल खबर संवाददाता

मंगलबार, २७ फागुन २०८१, ०९ : २९
वडाध्यक्षको तयारी गर्न रिमाललाई शाहीको सुझाव

काठमाडौ । राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले एमाले उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई वडाध्यक्षको तयारी गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताले प्रत्यक्ष नचुनेका र दम भए जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि तयार गराउन पनि शाहीले रिमाललाई चुनौती दिएका छन् ।

‘आदरणीय भनौं भने कसरी भनौं तपाईंका शब्द सुन्दा आदरणीय भन्ने शब्द नै बेकार भएछ प्रधानमन्त्रीको प्रमुख सल्लाहकारले लोकतन्त्रको स्याल हुयाँ दिन बन्द गर्नुहोस । अर्को जुन लोकतन्त्रको कुरा गरिराख्नुभएको छ के प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई प्रत्यक्ष जनताले चुनेका हुन् ? के महामहिम राष्ट्रपति प्रत्यक्ष जनताले चुनेका हुन् ?,' उनले लेखेका छन्, 'लोकतन्त्र त तपाईँहरूजस्ता अलोकतान्त्रिक व्यक्तिहरूलाई लुटी खाने भाँडो भयो, लुटतन्त्र मच्चाउने धन्दा भयो । यदि दम र हिम्मत छ भने प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि तयार गराउनुस् र र तपाईं वडाध्यक्षको तयारी गर्नुस् ।'

पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गर्ने क्रममा भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो भीडमा प्रयोग भएपछि यी दुई नेताबीच सामाजिक सञ्जालमा आरोप-प्रत्यारोप चलिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस