जेद्दाह । साउदी अरबको जेद्दाह सहरमा युक्रेन र अमेरिकी टोलीबिच युक्रेन शान्ति वार्ता सुरु भएको छ । जेद्दाहको रिज–कार्टन होटलमा दुई देशका अधिकारीहरूबिच वार्ता भइरहेको हो ।
अमेरिकाले बन्द गरेको युक्रेनी सैन्य सहायता र आंशिक युद्धविराम गर्ने युक्रेनको प्रस्तावबारे पत्रकारहरूले सोधेको प्रश्नमा अधिकारीहरूले उत्तर दिन अस्वीकार गरेका छन् ।
वार्ताको नेतृत्व साउदी अरबको राष्ट्रिय सुरक्षा सल्लाहकार र विदेश मन्त्रीले गरेका थिए । वार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियो राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जसँगै बसेका थिए ।
युक्रेनको तर्फबाट राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका शीर्ष सहायक एन्द्रिए येर्माक वार्तामा थिए । उनको दायाँबायाँ युक्रेनी विदेशमन्त्री एन्ड्रि सिबिहा र रक्षामन्त्री रुतम उमेरोभ थिए । वार्तामा युक्रेन ‘निकै निकै नै खुला’ रहेको येर्माकले बताएका छन् ।
शान्ति वार्ताको प्रक्रिया कसरी सुरु गर्ने भनेर छलफल गर्नु निकै जरुरी भएको वार्ता अघि पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा उनले भनेका थिए । अमेरिकाबाट सुरक्षा प्रत्याभूति निकै जरुरी भएको ताकि सम्झौतामा पुगेपछि रुसले दोहोर्याएर आक्रमण गर्न नसकोस् भन्ने उनको भनाइ थियो ।
शान्ति वार्ता सम्पन्न गर्न रुसले कब्जाा लिएको कति भूभाग छाड्न युक्रेन तयार छ भन्नेमा चाँहि येर्माकले केही पनि भन्न मानेनन् । अमेरिकी विदेशमन्त्री रुबियोमा वार्ता गर्ने हो भने युक्रेनले केही भूभाग छाड्नै पर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ फागुन २०८१, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेन र अमेरिकाबीच सहमति: रुससँग ३० दिन अस्थायी युद्धविराम
साउदीमा महत्त्वपूर्ण वार्ता अघि युक्रेनले सयौँ ड्रोनले मस्कोमाथि गर्यो हमला
साउदी अरबमा अमेरिका र युक्रेनबीच वार्ता हुने, जेलेन्स्की भने सहभागी नहुने
रुसको आक्रमणमा युक्रेनमा १२ जनाको मृत्यु
अमेरिका-युक्रेन फेरि वार्ताको सम्भावना
युक्रेनको रक्षाका लागि सेना पठाउन बेलायत तयार