चितवन । चितवनमा ध्वनि प्रदूषण गर्न मोटरसाइकल मोडिफाई गरिदिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
मोटरसाइकलमा ध्वनि प्रदूषण गराउने पार्टपुर्जा हाल्दै गर्दा भरतपुर–९ स्थित ग्यासोलिन इन्फिल्ड मोटरसाइकल ग्यारेजमा काम गर्ने २५ वर्षीय अफसर आलमलाई मंगलवार प्रहरीले पक्राउ गरेको हो ।
भारत मोतिहारी घर भई हाल उक्त ग्यारेजमा काम गर्ने उनलाई मोटरसाइकलमा ध्वनि प्रदूषण गराउने पार्टपुर्जा हाल्दै गरेको अवस्थामा पक्राउ गरिएको चितवन प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
मोटरसाइकलबाट चर्काे आवाज निकाली ध्वनि प्रदूषण गरेको जनगुनासोको आधारमा आलमलाई पक्राउ गरिएको मिश्रले बताए । चितवन ट्राफिक प्रहरीले गत पुस २१ गते तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने ३० वटा मोटरसाइकललाई नियन्त्रणमा लिई कारबाही गरेको थियो ।
ध्वनि प्रदूषण गर्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले बागमती प्रदेशको ऐन अनुसार ७ देखि १५ हजार रुपैयाँसम्म जरिवाना गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ पुस २०८१, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुने घटना : दुर्गा प्रसाईं निकट रायमाझी पक्राउ
ठगी आरोपमा जनमत पार्टीका कोषाध्यक्ष पक्राउ
पाँच किलो ९४० ग्राम अफिमसहित एक जना पक्राउ
राप्रपा अध्यक्ष लिङ्देनलगायत सिंहदरबारबाट पक्राउ
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
३ सय ६५ किलोग्राम गाँजासहित चार जना पक्राउ