पाँच किलो ९४० ग्राम अफिमसहित एक जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०७ बैशाख २०८२, १६ : ००
पाँच किलो ९४० ग्राम अफिमसहित एक जना पक्राउ

मकवानपुर । पाँच किलो ९४० ग्राम अबैध लागूऔषध अफिमसहित एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्बर ११ का २५ वर्षीय बाबुराम तामाङ रहेका छन् ।

तामाङलाई इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्व–पश्चिम राजमार्गको अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीबाट पक्राउ गरेको हो । 

चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २८८७ नम्बरको यात्रुबाहक बसमा सवार तामाङलाई ५ किलो ९४० ग्राम परिणामको अफिमसहित नियन्त्रणमा लिएको हो ।

तामाङले बोकेको झोलाभित्र लुकाएर राखेको अवस्थामा तीन वटा प्याकेटमा ५ किलो ९४० ग्राम लागूऔषध अफिम फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । प्रहरीले उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस