काठमाडौँ । प्रहरीले ३ सय ६५ किलोग्राम गाँजा सहित चार जनालाई पक्राउ गरेको छ । बारा जीतपुरसिमरा उपमहानगरपालिका-३ बजनीबाट अवैध लागू औषध गाँजा करिब ३ सय ५ किलोग्राम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर कैलाश गाउँपालिका-४ बस्ने ३२ वर्षीय राजन लामा, हेटौँडा उपमहानगरपालिका-३ बस्ने ३३ वर्षीय ईश्वर लोप्चन र कैलाश गाउँपालिका-१० बस्ने २७ वर्षीय जीवन ठोकर रहेका छन् । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले हेटौँडाबाट वीरगंजतर्फ जाँदै गरेको ना.५ ख २५०४ नम्बरको मिनी ट्रकलाई जाँच गर्ने क्रममा १९ वटा पोकामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक राजन, ट्रकमा सवार ईश्वर र ओसार पसारमा संलग्न जीवनलाई ना. ३३ प ७४६९ नम्बरको मोटरसाइकलसहित बिहीबार राति पक्राउ गरेको हो ।
यसैगरी बारा, पचरौता नगरपालिका-१ मुसहरी टोलबाट अवैध लागू औषध गाँजा करिब ६० किलोग्राम सहित भारत बिहार प्रान्त मोतिहारी पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीया बस्ने २५ वर्षीय राजबिहारी कुमारलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ बैशाख २०८२, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३६७ किलो गाँजासहित ५ जना पक्राउ
गाजामा युद्धविरामका लागि इजरायलले राखेको प्रस्ताव हमासद्वारा अस्वीकार
वेवारिसे अवस्थामा १८० किलोग्राम गाँजा बरामद
भारतीय नागरिक ८ किलो गाँजासहित विमानस्थलबाट पक्राउ
गाजामा इजरायली आक्रमणमा परेर ५० जनाको मृत्यु
गाजामा इजरायली आक्रमण, २४ घण्टामा ४६ जनाको मृत्यु