जीप दुर्घटना हुँदा डीआईजीसहित तीन जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, १० कार्तिक २०७५, १७ : ५६
जीप दुर्घटना हुँदा डीआईजीसहित तीन जनाको मृत्यु

काभे्रपलाञ्चोक । काभ्रेको मण्डनदेउपुरमा भएको जीप दुर्घटनामा नेपाल प्रहरीका बहालवाला डीआईजी सुशील भण्डारीसहित तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

हेलम्बु राजमार्गअन्तर्गत ढकालथोकमा बा ३ च २८७ नं को ल्याण्डक्रुजर जीप सडकबाट पाँचसय मिटर तल खस्दा रेडियो गौरवका जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद कार्कीको पनि मृत्यु भएको छ । पराजुली र कार्कीको घटनास्थलमै मृत्यु भएको हो भने डीआईजी भण्डारीको उपचारको लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले बताएको छ ।

अस्पताल परिसरमा यतिबेला जिल्ला प्रमुख अधिकारी, जिल्ला प्रहरी प्रमुखको उपस्थिति रहेको छ ।   घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस