यस्तो भयो नेकपाको चियापान कार्यक्रम(फोटोफिचर)

सफल खबर संवाददाता

शनिबार, १० कार्तिक २०७५, १६ : १२
यस्तो भयो नेकपाको चियापान कार्यक्रम(फोटोफिचर)

काठमाडौँ । विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले आज राजधानीको भृकुटीमण्डप बगैँचामा चियापान कार्यक्रम गरेको छ । 

चियापान समारोहमा उपस्थित नेता कार्यकर्ता तथा पाहुनाहरुलाई स्वागत गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको बताए । उनले समृद्धि र समाजवादको नयाँ युगको तयारी गर्ने सर्न्दभमा सांस्कृतिक कार्यक्रमहरुको पनि विशेष महत्व भएको बताए । अर्का पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन् । स्वास्थ्यमा केही समस्या देखिएकाले आउन नसकेको ओली सचिवालयले जनाएको छ । 

चियापान समारोहमा नेताहरु माधव कुमार नेपाल, वामदेव गौतम, सुवास नेम्वाङ्ग, रामबहादुर थापा वादल लगायतको उपस्थिति थियो ।

चियापान कार्यक्रमका लागि नास्ता वानेश्वरस्थित अर्पण ब्याङ्केटबाट मगाइएको थियो । नास्ताको मेन्यूमा केरा, लड्डू, खस्ता कचौरी, चियालगायत रहेको थियो । 
यस्तै भीआईपी पाहुनाको लागि भने २ हजार स्वान्डविच तयार गरिएको थियो । २ हजार स्यान्डविचमा ३५ किलो चिज र ३५ किलो बटर राखिएको थियो । 
नेकपाले चियापानका लागि ५० हजारलाई निमन्त्रण दिएको बताइएपनि नास्ता भने २० हजार जनाको लागि मात्रै तयार गरिएको थियो ।
कार्यक्रममा राज्यका सबै पक्ष, संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, कूटनीतिक क्षेत्र तथा विकासका साझेदार पक्षबीचमा एकता र आपसी विश्वास अभिवृद्धि गर्ने अपेक्षासहित चियापानमा सहभागी हुन सबैलाई आग्रह गरिएको थियो । 


 
 

प्रतिक्रिया दिनुहोस