पोखरा । पोखरा रंगशालामा भइरहेको पोखरा प्रिमियर लीग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको आज शनिबार भएको दोस्रो खेलमा काठमाडौँ रोयल्सले धनगढी ब्लुजलाई एक सय ८१ रनको विशाल लक्ष्य दिएको छ ।
निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाउँदै काठमाडौँ रोयल्सले एक सय ८० रन जोडेपछि धनगढी ब्लुजले विशाल चुनौती पाएको हो । काठमाडौँ रोयल्सका लागि तोमरले ४४ बलमा ९५ रन बनाएका थिए । जवाफी ब्याटिङमा उत्रिएको धनगढी ब्लुजले पाँच ओभरमा ३१ रन जोड्दै दुई विकेट गुमाइसकेको छ ।
आजको पहिलो खेलमा बुटवल ब्लास्टर्सले चितवन राइनोज्लाई ७० रनले हराएको छ । हिजो शुक्रबार भएको उद्घाटन खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई हराएको थियो । प्रतियोगिता कात्तिक २० गतेसम्म चल्नेछ । विजेताले २७ लाख रुपैयाँ र ट्रफी एवं उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० कार्तिक २०७५, १५ : २६
लेखकबाट थप