काठमाडौँ । विभिन्न जिल्लामा सवारी दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ । मकवानपुर, प्युठान, बारा लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको हो ।
मकवानपुरको राक्सिराङ गाउँपालिका–५ चाक्ले बगरस्थित सडकमा सुपप्र ०१–००१ च २९४६ नम्बरको बोलेरो पिकअप आइतबार दिउँसो दुर्घटना हुँदा बोलेरोमा सवार कैलाश गाउँपालिका–३ बस्ने ५६ वर्षीय शन्तबहादुर गोम्बाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मनहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।
बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै प्युठानको प्युठान नगरपालिका–७ टिकुरी बसपार्कस्थित सडकमा लु.९१ प १३३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मल्लरानी गाउँपालिका–४ बासखोला बस्ने ७८ वर्षीय रामचन्द्र शाहको आइतबार बेलुकी मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।
उता बाराको निजगढ नगरपालिका–९ बकैयास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी २४ वर्षीय पुरूषको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको निजगढस्थित सीटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु.७ प ४०६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक भारत महारागंज ठुटेबारी बस्ने ३२ वर्षीय जितेन्द्र बासफोरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ पुस २०८१, १६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
ब्राजिलमा भीषण सवारी दुर्घटना, बसमा आगलागी हुँदा ३८ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
विभिन्न स्थानमा भएका दुर्घटनामा पाँच जनाको मृत्यु
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु