एनआईसी एशिया बैंकको नयाँ शाखा भोजपुरको दिङ्गलामा

सफल खबर संवाददाता

शुक्रबार, ०९ कार्तिक २०७५, १७ : ५०
एनआईसी एशिया बैंकको नयाँ शाखा भोजपुरको दिङ्गलामा

भोजपुर । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय षडानन्द नगरपालिका दिङ्गला, भोजपुरस्थित दिङ्गला शाखाको षडानन्द नगरपालिकाका मेयर विरबल राईबाट आज शुक्रबार भव्य समारोहकाबीच समुद्घाटन सु–सम्पन्न भएको छ । 
बैंकलाई आमजन मानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ६४ शाखा कार्यालयहरु, २ सय ६२ एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. १ सय ९९ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १ सय ६७ अर्ब तथा कर्जा रू. १ सय ३८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइ सकेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिव १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।
 

प्रतिक्रिया दिनुहोस