काठमाडौं । निर्मला पन्त हत्याको छानविनमा लापरवाही गरेको आरोपमा सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ ।
गृह मन्त्रालयले बिहिबार उनीहरुलाई बर्खास्त गर्ने निर्णय गरेको हो । उनीहरु दुवैले बुधबार गृहमन्त्रालयलाई स्पष्टिकरण बुझाएका थिए ।
गृहसचिव प्रेमकुमार राईको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले निलम्बित एसपी विष्ट र प्रहरी निरीक्षक भट्टसँग स्पष्टीकरण सोधेको थियो ।
सो अनुसार प्रहरी प्रधान कार्यालयले बिष्ट र भट्टबाट पेस भएको स्पष्टीकरण मन्त्रालयमा बुझाएकोमा मन्त्रालयले बर्खास्तीको निर्णय गरेको हो ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कार घटनामा कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख विष्ट र वडा प्रहरी कार्यालय महेन्द्रनगरको प्रमुख रहेका इन्स्पेक्टर भट्टले अनुसन्धानमा लापरवाही गरेको भेटिएको थियो ।
सरकारी छानबिन समितिले प्रहरी लापरवाही भएको रिपोर्ट दिएपछि विष्ट र भट्टलाई स्पष्टीकरण सोधिएको थियो । दुबैले स्पष्टिकरणमा लापरवाही नभएको दाबी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ कार्तिक २०७५, २० : १०
लेखकबाट थप