महालक्ष्मी विकास बैँकको एकैसाथ चार नयाँ शाखा सञ्चालनमा

सफल खबर संवाददाता

विहीबार, ०८ कार्तिक २०७५, १९ : २२
महालक्ष्मी विकास बैँकको एकैसाथ चार नयाँ शाखा सञ्चालनमा

काठमाडौँ । महालक्ष्मी विकास बैँक लि.ले शाखा सञ्जाल विस्तार गरी देशभर बैङ्गिग सेवा उपलब्ध गराउने क्रममा मिति २०७५/०७/०९ गते शुक्रबारका दिन देखि एकैसाथ चार नयाँ शाखाहरु मार्फत बैङ्गिग कारोबार सञ्चालनमा ल्याएको छ । 

नयाँ शाखा अन्तर्गत सुर्खेत जिल्ला, विरेन्द्रनगर नगरपालिका वडा नं ६, विरेन्द्रनगरस्थित सुर्खेत शाखा, बाकेँ जिल्ला कोहलपुर नगरपालिका वडा नं १०, कोहलपुर स्थित कोहलपुर शाखा, सिराहा जिल्ला लाहान नगरपालिका वडा नं १, लाहान स्थित लाहान शाखा तथा नवलपुर जिल्ला कावासोती नगरपालिका वडा नं ८, कावासोती स्थित कावासोती शाखा पर्दछन् । उल्लिखित चार नयाँ शाखाहरु सञ्चालनमा आए पश्चात् यस बैंकको शाखा संख्या ८३ पुगेको छ । 

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ८३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ९० हजार भन्दा बढि रहेको छ । बैंकले हालसम्म रु. २६ अर्ब ७७ करोड निक्षेप संकलन गरी रु. २२ अर्ब ८५ करोड कर्जा प्रवाह गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस