शोकसभामा सम्बोधन गर्दा गर्दै भक्कानिए विमलेन्द्र निधि

सफल खबर संवाददाता

विहीबार, ०८ कार्तिक २०७५, १३ : २५
शोकसभामा सम्बोधन  गर्दा गर्दै भक्कानिए विमलेन्द्र निधि

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि कांग्रेस नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलालाई सम्झेर रोएका छन् ।

बास्तोलाको निधनको १३ औं दिनमा कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आयोजित शोकसभामा उपसभापति निधिले कार्कीले गरेका कामलाई सम्झिँदै भक्कानिएका  हुन् ।

‘किसुनजी र गिरिजा बाबु मात्रै होइन, सुशील कोइराला र शेरबहादुर देउवालाई मिलाएर लैजाने भूमिका उहाँले खेल्नुभयो,’ आँशु पुछ्दै निधिले बास्तोलाले विगतमा पार्टीको आन्तरिक विवाद मिलाउन खेलेको भूमिका स्मरण गरे ।

सम्बोधनका क्रममा बास्तोलालाई सम्झेर विक्षिप्त बनेका निधिले उनलाई निष्ठा र अदभूत क्षमता भएका नेताको रुपमा सम्झिनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस