प्रचण्ड शुक्रबार दिल्ली जाने

सफल खबर संवाददाता

विहीबार, ०८ कार्तिक २०७५, ११ : ०३
प्रचण्ड शुक्रबार दिल्ली जाने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार नयाँ दिल्ली जाने भएका छन् ।

प्रधानमन्त्री केपी ओली शर्मासँगको सल्लाह अनुसार शुक्रबार बिहान ८ बजे नयाँ दिल्ली गएर सोही दिन बेलुका फर्कने कार्यतालिका तय गरिएको प्रचण्ड सचिवालयले जानकारी दिएको छ । 

इन्डिया फाउन्डेसनले आयोजना गरेको ‘इन्डिया आइडिया कन्क्लेभ–२०१८’ कार्यक्रममा भाग लिन अध्यक्ष प्रचण्ड दिल्ली जान लागेका हुन् । उक्त कार्यक्रममा प्रचण्डले सम्बोधन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस