काठमाडौँ । मोरङसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
मोरङ, बिराटनगर महानगरपालिका-७ हाटखोला बसपार्कस्थित सडकमा को.१ ख ३४८० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री कानेपोखरी गाउँपालिका-२ मैनाबारी बस्ने २६ वर्षीय माने भन्ने मान बहादुर लिम्बुको आइतबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी मोरङ, सुन्दरहरैंचा नगरपालिका-९ सलकपुरस्थित सडकमा प्र.१-०२-०५४ प ३५५८ नम्बरको स्कुटरलाई ना.७ ख ३२२३ नम्बरको टिपरले आइतबार राति ठक्कर दिँदा स्कुटर चालक पथरी शनिश्चरे नगरपालिका-३ हसनदह बस्ने ४४ वर्षीय एम बहादुर रायमाझीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लम्जुङ, मर्स्याङदी गाउँपालिका-६ ठुलबेसिस्थित सडकमा ग.१ त ६१४१ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा सहचालक दुधपोखरी गाउँपालिका-२ भुम्लिचोक बस्ने २५ वर्षीय मेग राज लामाको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सप्तरी, शम्भुनाथ नगरपालिका-१० जमुवास्थित सडकमा रोकी राखेको स.१ त ५०९८ नम्बरको ट्याक्टरमा स.५ प ९१८ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-११ राजपुर बस्ने ४५ वर्षीय जितेन्द्र भगतको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
बारा, आदर्शकोतवाल गाउँपालिका-६ पटेर्वास्थित सडकमा हाल नम्बर नखुलेको अटोको ठक्करबाट पैदलयात्री रौतहट मौलापुर नगरपालिका-७ पिपरिया बस्ने ४५ वर्षीय भिखारी मुखियाको आइतबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ मंसिर २०८१, १२ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
राजधानीमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु
साउदीमा भएको सवारी दुर्घटनामा ३ नेपालीको मृत्यु, १ जना गम्भीर घाइते
सवारी दुर्घटनामा तीन जनाको मृत्यु