काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर सात जनाको मृत्यु भएको छ । काठमाडौँ, जाजरकोट, सिरहा, कपिलवस्तु लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–३२ जडिबुटीस्थित सडकमा बा.२० च १६०५ नम्बरको कार र लु.४८ प ७११० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । बुधबार राति मोटरसाइकल चालक स्याङ्जा वालिङ नगरपालिका–४ घर भई काठमाडौँ अनामनगर बस्ने ३० वर्षीय बुद्धिसागर चापागाईको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर महाङ्कालमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै जाजरकोटको भेरी नगरपालिका–१० नुवागाउँस्थित सडकमा कार्की गाउँबाट कुदुतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२ च ४७१९ नम्बरको बोलेरो जिप सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
बुधबार भएको दुर्घटनामा चालक कैलाली घर भएका २५ वर्षीय मनोज केसी र जिपमा सवार जुम्ला घर भएका २३ वर्षीय मिथुन हमालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका जिपमा सवार १ जनाको नर्सिङ होम नेपालगञ्जमा उपचार भइरहको छ ।
उता सिराहाको सिरहा नगरपालिका–११ भलुवाहीस्थित सडकमा स.१ ह ७२४ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २१ वर्षीय निरज कुमार कामतीको मृत्यु भएको छ । बुधबार बेलुकी उनको अटोको ठक्करबाट मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ ।
त्यस्तै कपिलवस्तुको कृष्णनगर नगरपालिका–१ मोडाहास्थित सडकमा यूपी ५५ एक्यू ५३४२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय बिरदलाल नाउँको मृत्यु भएको छ । बुधबार बेलुकी भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको शिबराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका–४ ईट्टा भट्टीस्थित सडकमा बा.प्र.०६–००१ प ६२७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रूपेन्देही सिद्धार्थनगर नगरपालिका–७ बस्ने ३५ वर्षीय पंकज ज्ञवालीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ ।
त्यस्तै कैलालीको लम्कीचुहा नगरपालिका–१० चुहास्थित सडकमा म.प.०३–००१ क २९४१ नम्बरको बसले से.३ प ४७९६ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक जोशीपुर गाउँपालिका–७ बस्ने ३० वर्षीय एकतन चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको बर्दगोरिया अस्पताल बौनियामा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० मंसिर २०८१, १३ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु
विभिन्न जिल्लामा सवारी दुर्घटनामा परेर ४ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
ब्राजिलमा भीषण सवारी दुर्घटना, बसमा आगलागी हुँदा ३८ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
विभिन्न स्थानमा भएका दुर्घटनामा पाँच जनाको मृत्यु