सशस्त्र प्रहरी बलका एसएसपी संजय राणाले दिए राजीनामा, यस्तो छ कारण

सफल खबर संवाददाता

मंगलबार, ०६ कार्तिक २०७५, १७ : ३२
सशस्त्र प्रहरी बलका एसएसपी संजय राणाले दिए राजीनामा, यस्तो छ कारण

काठमाडौं । सशस्त्र प्रहरी बलका एसएसपी संजय राणाले पदबाट राजीनामा दिएका छन् ।
आफूहरुलाई बढुवामा पछि पार्ने गरी सशस्त्र प्रहरी नियमावली परिवर्तन गरिएको र पटक पटक ध्यानाकर्षण गराउदाँ पनि सुनुवाइ नभएपछि राजीनामा दिन बाध्य भएको भन्दै राणाले कात्तिक ५ गते सशस्त्र प्रहरी मुख्यालयमा आफ्नो राजीनामा बुझाएका हुन् । ‘जहाँ न्याय हुन्न, अन्याय हुन्छ, त्यस्तो ठाउँमा किन बस्ने ?’ विपत व्यवस्थापनको जिम्मेवारीमा रहेका राणाले भने, ‘त्यही भएर मैले राजीनामा दिएको हुँ ।’
नेपाली सेना प्रवेश गरेका राणा २०५८ सालमा सशस्त्र प्रहरी बल स्थापना भएपछि स्थानान्तरण भएका थिए । गृह मन्त्रालय र संगठनको नेतृत्वले आफू अनुकुल नियम ल्याउदाँ वृत्ति विकास नहुने छाँटकाट देखिएपछि राजीनामा दिएको उनी बताउँछन् । सशस्त्र प्रहरी वलको पुरानो नियमावलीमा सेनाबाट आएकाहरुको हकमा आर्टीनरी अथवा बस्तोबस्तीका तालिमहरुमध्ये एक वटा गरे स्नातक तहको मान्यता दिइन्थ्यो । तर कोषराज वन्त आइजिपीहुदाँ सो ऐन परिमार्जन भयो । सशस्त्र प्रही वल नियमावली २०७२ मा तालिमको खारेज भयो । प्रहरी निरीक्षक र सो भन्दा माथिका पदहरु बढुवा हुन लागि तालिम खारेज गरेर शैक्षिक योग्यता स्नातक हुनुपर्ने नयाँ प्रावधान खडा भयो ।
नयाँ प्रावधान नयाँ आएपछि दर्जनौ प्रहरी अधिकारीको बढुवा रोकिएको थियो । सोही मारमा राणा पनि परे । स्नातक नहुँदा डिआइजी दिवाकर केसी एआइजी हुन नपाइ अवकाशमा गएका थिए । सशस्त्र प्रहरी बलले भने राणाको राजीनामाबारे तत्काल केही बताएको छैन।

प्रतिक्रिया दिनुहोस