काठमाडौँ । रामेछापमा गएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना भएको हो ।
१४ सिट क्षमता भएको उक्त गाडीमा ८ जना सवार रहेको भन्दै रामेछापका डीएसपी प्रदीप सिंहले ५ जनाको घटनास्थलमै र अन्य तीन जना घाइते भएको जानकारी दिए । उनले गाडी सडकबाट करिब ३०० मिटर तल खसेको जानकारी दिँदै थप विवरण आउन बाँकी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ मंसिर २०८१, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु