काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चितवनमा दुई र पाल्पामा एक गरी ३ जनाको मृत्यु भएको हो । चितवनको रत्ननगर नगरपालिका-२ सब्जी मण्डीस्थित सडकमा मधेश प्रदेश ०१-००१ ख ०४५७ नम्बरको बस र ना.२४प १९१८ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार रत्ननगर नगरपालिका-१३ अमिलिया बस्ने २१ वर्षीय सुनिल पौडेलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको र दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनालाई थप उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं रिफर गरिएको चितवन प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनकै खैरहनी नगरपालिका-९ बैरहनी चोकस्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूषको गएराति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको र दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । यसैगरी पाल्पाको तानसेन नगरपालिका-८ ठुलोपहिरो गौडेस्थित सडकमा लु. ८८ प ६६५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-७ बस्ने २७ वर्षीया साबित्रा थापाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ कार्तिक २०८१, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु
विभिन्न जिल्लामा सवारी दुर्घटनामा परेर ४ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
ब्राजिलमा भीषण सवारी दुर्घटना, बसमा आगलागी हुँदा ३८ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु