नेपाल आइपुगे विश्व फुटबलका आइकन रोबर्टो कार्लोस

सफल खबर संवाददाता

मंगलबार, ०९ बैशाख २०८२, १० : ३१
नेपाल आइपुगे विश्व फुटबलका आइकन रोबर्टो कार्लोस

काठमाडौ । ब्राजिलका पूर्व डिफेन्डर तथा विश्व फुटबलका आइकन रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् ।

ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो नेपाल सुपर लिग (एनएसएल) फुटबल हेर्न मंगलबार बिहान नेपाल आइपुगेका हुन् । 

उनी एनएसएल सिजन-३ को क्वालिफायर-२ हेर्न विशेष अतिथिको रूपमा नेपाल आइपुगेका आयोजकले जनाएको छ । 

आयोजक सदस्यहरूले रोबर्टो कार्लोसलाई मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । 

दशरथ रंगशालामा हुने खेलमा उपस्थित भई उनले नेपाली फुटबलमा अन्तर्राष्ट्रिय चमक थप्नेछन् । कार्लोसले नेपाल आउँदा आफूलाई खुसी लागेको प्रतिक्रिया दिए । 

प्रतिक्रिया दिनुहोस