सलोन बस्नेत र मोनिका अभिनीत ‘प्यारो मान्छे’ सार्वजनिक

सफल खबर संवाददाता

आइतबार, २० असोज २०८१, १२ : ०६
सलोन बस्नेत र मोनिका अभिनीत ‘प्यारो मान्छे’ सार्वजनिक

काठमाडाैं। गायक प्रताप दाश र गायिका रचना रिमालको आवाजमा म्युजिक भिडियो ‘प्यारो मान्छे’ सार्वजनिक गरिएको छ । ओ.एस. आर डिजिटल मार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको शब्द शान्ति बस्नेत (बलराम)ले कोरेकी छन् । साथै गीतमा सङ्गीत र एरेन्ज नारायण डङ्गोलले गरेका छन् ।

भिडियोमा अभिनेता सलोन बस्नेत र मोडेल मोनिका बोहोरालाई देख्न सकिन्छ । भिडियोले प्रेमी र प्रेमिका बिचको मायालाई देखाउन खोजेको छ । दिनेश काफ्लेले निर्देशन गरेको भिडियोको लगानीकर्ता गीतकै रचनाकार शान्ति बस्नेत हुन् ।

सुसन प्रजापतिले दृश्य कैद गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन तथा कलरिङ्ग गरेर उत्कृष्ट बनाएका छन् । शिशिर खातीको कोरीयोग्राफी समावेश रहेको भिडियोमा सहायक निर्देशक करन खतिवडा रहेका छन् । भिडियोको पोस्ट प्रोडक्सनको काम म्युजिक प्लसले गरेको हो ।

प्रतिक्रिया दिनुहोस