इजरायली हवाई आक्रमणमा वेस्ट बैंकमा १८ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १८ असोज २०८१, १४ : ५९
इजरायली हवाई आक्रमणमा वेस्ट बैंकमा १८ जनाको मृत्यु

गाजा । इजरायलले गरेको आक्रमणमा प्यालेष्टाइनको वेष्ट बैंकमा १८ जनाको मृत्यु भएको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले बिहीबार अबेर बताएअनुसार वेस्ट बैंकको तुलकर्म सहरमा इजरायली हवाई आक्रमणमा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको हो ।

आक्रमणले तुल्कारम सहरको शरणार्थी शिविरमा रहेको एउटा क्याफेलाई निशाना बनाएको थियो, जहाँ धेरै नागरिकहरू उपस्थित थिए,’ प्यालेस्टिनी अथोरिटीद्वारा सञ्चालित समाचार एजेन्सी वाफाले भनेको छ ।

वायु सेनाले आफ्नो शिन बेट सुरक्षा सेवासँगको संयुक्त अपरेशनमा तुल्कारम सहरमा हमासको प्रमुख र अन्य महत्त्वपूर्ण आतंककारीहरू मारेको इजरायली सेनाले भनेको थियो । यस आक्रमणमा धेरै परिवारका बालबालिका र वृद्धवृद्धाको मृत्यु भएको समाचार एजेन्सी वाफाले स्थानीय अधिकारीलाई उद्धृत गर्दै बताएको छ ।

एक स्थानीय बासिन्दाले समाचार एजेन्सी एएफपीलाई इजरायलले तीन तले भवनमा रहेको क्याफेलाई निशाना बनाएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस