एजेन्सी । रमजान र यहुदीहरूको सुरक्षालाई ध्यानमा राख्दै सरकारले गाजा युद्धविरामलाई थप ६ हप्ताका लागि अस्थायी रूपमा विस्तार गर्न अनुमोदन गरेको नेतन्याहुले बताएका छन्।
शनिबार मध्यराति पहिलो चरणको युद्धविराम समाप्त भएपछि यो घोषणा गरिएको हो।
यो प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ ह्विटलले गरेका हुन्।
तर इजरायलले वार्ताको अर्को चरण असफल भएको महसुस गरेमा ६ हप्ता अर्थात् ४२ दिनपछि उसले पुनः लडाइँ सुरु गर्न सक्ने बीबीसीले जनाएको छ।
यसअघि इजरायल र हमासबीच पहिलो चरणअन्तर्गत जनवरी १९ देखि मार्च १ सम्म युद्धविरामको सहमति भएको थियो।
यस अवधिमा हमासले २५ जना जीवित र ८ जनाको शव इजरायललाई फिर्ता गरेको छ। बदलामा इजरायलले १ हजार ९ सय प्यालेस्टिनी कैदीबन्दी रिहा गरेको छ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा अचानक हमला गरेपछि दुई पक्षबीच युद्ध भइरहेको थियो।
त्यसको १५ महिनाभन्दा बढी लामो समयपछि जनवरी १९ देखि युद्धविराम गरिएको हो।
त्यसबेला अन्य मानिससँगै हमासले नेपाली विद्यार्थी विपिन जोशीलाई पनि गाजा लिएर गएको थियो। उनी जीवितै रहेको र रिहा हुने अपेक्षा गरिए पनि अहिलेसम्म अन्योल नै छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १८ फागुन २०८१, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपूर्वमा फेरि तनाव : इजरायलले गर्यो लेबनानमा तीव्र आक्रमण
इजरायल-हमासबीच दोस्रो चरणको युद्धविराम सम्झौताको तयारी, मध्यस्थता वार्तामा अमेरिका पनि सहभागी हुने
विपिनको सुरक्षित रिहाइका लागि हरसम्भव प्रयास भइरहेको छः इजरायली राष्ट्रपति
हमासले ४ इजरायली बन्धक र इजरायलले २०० प्यालेस्टाइनी कैदी रिहा गर्ने
पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा
इजरायली क्याबिनेटबाट गाजासङ्ग युद्ध विराम स्वीकृत