एजेन्सी । इजरायलले लेबनानको दक्षिणी भागमा आक्रमण तीव्र पारेको छ । आक्रमणमा हालसम्म ८ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
समाचारअनुसार लेबनानका प्रधानमन्त्री नवाफ सलामले यदि यस्ता आक्रमणहरू जारी रहेमा आफ्नो देश 'नयाँ युद्ध'मा फस्न सक्ने बताएका छन् । उनले आफ्नो देशका जनतालाई इजरायलले आफ्नो दक्षिणी सिमानामा नयाँ सैन्य कारबाही गरिरहेको जानकारी दिएका छन् ।
इजरायली सेनाले मार्च २२ मा रकेट आक्रमण भएको बताएको थियो । लेबनानको सीमामा रहेको मेटुला शहरबाट छ वटा रकेट प्रहार गरिएको थियो । यीमध्ये तीन जना इजरायल प्रवेश गरेको हो । आक्रमणमा कुनै पनि प्रकारको ज्यान वा सम्पत्तिको क्षतिको रिपोर्ट आएको छैन।
अल जजीराको समाचारअनुसार लेबनानको हिजबुल्लाहले इजरायलमाथि भएको आक्रमणको जिम्मेवारी लिन अस्वीकार गरेको छ । हिजबुल्लाहले रकेट प्रहारसँग आफ्नो कुनै सम्बन्ध नभएको र युद्धविरामप्रति प्रतिबद्ध रहेको बताएको छ । आक्रमणको जिम्मेवारी कुनै पनि समूहले लिएको छैन ।
हिजबुल्लाहले इजरायलमा रकेट आक्रमण गरेको अस्वीकार गरेको छ र इजरायलले आक्रमण पुनः शुरू गर्न बहाना खोजिरहेको आरोप लगाएको छ । हिजबुल्लाहले नोभेम्बर २०२४ मा सहमति भएको युद्धविरामप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ । जसका कारण दुई पक्षबीच एक वर्षदेखि चलिरहेको युद्ध समाप्त भएको छ ।
यसैबीच, इजरायली सेनाले रकेट प्रहार गर्ने संगठनको पहिचान पुष्टि गर्न नसक्ने बताएको छ । तर यसपछि यसले तुरुन्तै हिजबुल्लाहको कमाण्ड सेन्टर र दर्जनौं रकेट लन्चरहरूमा आक्रमण गर्न थालेको थियो । इजरायली हवाई आक्रमणले दक्षिणी लेबनानलाई निशाना बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ११ चैत्र २०८१, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायल-हमासबीच दोस्रो चरणको युद्धविराम सम्झौताको तयारी, मध्यस्थता वार्तामा अमेरिका पनि सहभागी हुने
रमजानका लागि इजरायलले ६ हप्ता थप्यो गाजा युद्धविराम अवधि
विपिनको सुरक्षित रिहाइका लागि हरसम्भव प्रयास भइरहेको छः इजरायली राष्ट्रपति
हमासले ४ इजरायली बन्धक र इजरायलले २०० प्यालेस्टाइनी कैदी रिहा गर्ने
पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा
इजरायली क्याबिनेटबाट गाजासङ्ग युद्ध विराम स्वीकृत