काठमाडौँ । बाढी पहिरोले अवरुद्ध भएको सडक मर्मत गरि यातायात सहज बनाउने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र रक्षा मन्त्री मानवीर राई बिच छलफल भएको छ ।
बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा क्षतीग्रस्त सडकको मर्मत र निर्माणका लागि दुवै मन्त्रालय विच सहकार्य हुने बारेमा छलफल भएको थियो ।
चाडपर्वको समेत बेला भएकाले जति सक्दो चाँडो सडक मर्मत तथा निर्माण गरि यातायात सहज बनाउन रक्षा मन्त्रालय पनि सहयोग गर्ने भएको छ । वीपी राजमार्गका क्षतिग्रस्त विभिन्न खण्ड मर्मतका लागि आवश्यक परे रक्षा मन्त्रालय मार्फत नेपाली सेनाको समेत सहभागिता गराई सवारी आवागमन सहज बनाउन दुवै मन्त्रीहरु विचमा छलफल भएको हो ।
छलफलमा मन्त्रालयका सचिव केशकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल लगायतका अधिकारीहरु समेत सहभागी रहेको थियो । सडक विभागले क्षतिग्रस्त सवै स्थानहरुमा प्राविधिक तथा उपकरणहरु परिचालन गरि सवारी आवागमन सहज बनाउने काम गरि रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ असोज २०८१, १६ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेशमा रहेका नेपालीलाई निराश नहुन मन्त्री दाहालको आग्रह
कृषिको व्यवसायीकरण र पर्यटन प्रवर्द्धन हुने गरी सडक सञ्जाललाई अघि बढाएका छौँ : मन्त्री दाहाल
यातायातबाट प्राप्त हुने उपलब्धिलाई आर्थिक विकाससँग जोड्न जरुरी छ : मन्त्री दाहाल
खाल्डाखुल्डीरहित सडक हामीले बनायौँ, प्रशंसा महानगरको भयो : मन्त्री दाहाल
फाष्टट्र्याक प्रस्थान विन्दुको समस्या छिट्टै समाधान हुन्छ : मन्त्री दाहाल
मन्त्री दाहाल मनिला प्रस्थान