काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘यातायात मार्फत रूपान्तरण’ विषयक अन्तर्राष्ट्रिय मञ्चलाई संशोधन गरेका छन् । अमेरीकाको वासिङ्टन डिसीमा आयोजित ‘ट्रान्फर्मिङ् ट्रान्सपोर्टेसन’ कार्यक्रमलाई उनले संशोधन गरेका हुन् ।
कार्यक्रमलाई संशोधन गर्दै उनले नेपाल भौगोलिक रूपमा सानो भए पनि पर्यावरणीय दृष्टिकोणबाट विविधतायुक्त भएको बताए ।नेपालको पर्यावरणीय विविधतालाई अनुकूलन हुने गरी सडक सञ्जाल तथा यातायात विस्तारमा सरकारले प्राथमिकता दिएको समेत बताए ।
‘सहश्राब्दी विकास लक्ष्य हासिल गर्न सघाउ पुग्ने गरी सडक सञ्जाललाई कृषिको व्यवसायीकरण, आधुनिकीकरण, पर्यटन प्रवर्द्धन समेत हुने गरी विकासलाई अघि बढाएका छौँ,’मन्त्री दाहालले भने ।
देशका ग्रामीण क्षेत्रहरूमा मूल आधारभूत सडक सेवा विस्तार गर्ने, पहिले नै निर्माण भइसकेको सडकलाई सवारी साधन सञ्चालन लागत न्यूनतम राख्न सकिने गरी कायम राख्ने, र सम्भाव्यता अध्ययनको आधारमा छोटा सडक सञ्जाल, स्तरोन्नति र विस्तार प्रदान गरेर अवस्थित सडक सञ्जाल अभिवृद्धि गर्ने तर्फ नेपाल सरकारले ध्यान दिएको मन्त्री दाहालको भनाइ थियो ।
देशको विविधतायुक्त भौगोलिक अवस्था र बसोबासको सन्दर्भमा, नेपालले मूलतः सडक सञ्जाल विकासको लागि सबै पालिका केन्द्रहरू, व्यवसाय र सेवा केन्द्रहरूलाई सडकको पहुँचमा ल्याउने, ग्रामीण पहुँच विकासको लागि स्थानीय प्रविधि र स्रोतहरू लागू गर्ने, प्रकृतिमा आधारित बायोइन्जिनियरिङलाई प्रवर्द्धन तर्फ पनि नेपालको ध्यान गएको उनले उल्लेख गरे । यसका साथै सुरक्षित, भरपर्दो, किफायती, समावेशी, दिगो यातायात पूर्वाधार र सेवा विकास गर्न तर्फ सरकारको ध्यान जाने पनि उनले बताए ।
सडक सञ्जालको मर्मतसम्भारको सन्दर्भमा, नेपालले सक्रिय वा योजनाबद्ध मर्मतसम्भार दृष्टिकोण अपनाउँदै आएको उल्लेख गर्दै मन्त्री दाहालले यसमा सम्पूर्ण सडक सञ्जालको मर्मतसम्भारको मूल्याङ्कन र प्राथमिकता निर्धारण गर्न स्वचालित प्रणाली विकास गरिएको र विश्व बैंकको सहयोगमा सडक सञ्जाल मर्मतसम्भार गर्न स्थानीय स्रोत साधनलाई प्राथमिकता दिने नीति लिइएको बताए ।
मार्च १० देखि विश्व वैंकको आयोजनामा भएको ‘ट्रान्सफर्मीङ् ट्रान्सपोर्टेशन २०२५’ मा भाग लिन मन्त्री दाहाल नेतृत्वको टोली अमेरिका गएको हो । मन्त्री दाहाल नेतृत्वको टोलीले उक्त कार्यक्रममा यातायात, रोजगारी, आर्थिक वृद्धि, खाद्यसुरक्षा, यातायात सञ्जाल लगायतका बारेमा हुने अन्य विविध छलफलमा भाग लिने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ फागुन २०८१, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यातायातबाट प्राप्त हुने उपलब्धिलाई आर्थिक विकाससँग जोड्न जरुरी छ : मन्त्री दाहाल
खाल्डाखुल्डीरहित सडक हामीले बनायौँ, प्रशंसा महानगरको भयो : मन्त्री दाहाल
फाष्टट्र्याक प्रस्थान विन्दुको समस्या छिट्टै समाधान हुन्छ : मन्त्री दाहाल
मन्त्री दाहाल मनिला प्रस्थान
विपत्तिको सामना गर्न सक्ने ज्ञान र सिप हस्तान्तरण जरुरी छ : मन्त्री दाहाल
यातायात सहज बनाउनेबारे भौतिक र रक्षामन्त्रीबिच छलफल