काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल मनिला प्रस्थान गरेका छन् । मन्त्री दाहाल ‘वातावरणीय दिगो यातायात सम्बन्धी १६ औँ उच्च स्तरीय एसियाली क्षेत्रीय सम्मेलन’ मा सहभागिताका लागि फिलिपिन्सको मनिला प्रस्थान गरेका हुन् ।शनिबार राती ९ बजे उनी मनिला प्रस्थान गरेको मन्त्री दाहालको सचिवालयले जानकारी दिइएको छ ।
दिगो विकासको लक्ष्यका लागि सहरी गतिशीलता, कार्बन उत्सर्जनमा न्यूनीकरण एवम् पर्यावरणमैत्री सहरहरूको विकास र सशक्तीकरण लगायतका सम्बन्धमा उक्त सम्मेलनमा छलफल हुने जनाइएको छ । सम्मेलनमा विभिन्न राष्ट्रका मन्त्री एवम् प्रतिनिधिहरूले आ–आफ्नो देशमा भइरहेका अभ्यास, चुनौती एवम् समाधानका उपायहरूका बारेमा धारणा राख्ने र विभिन्न सत्रहरूमा सम्बन्धित क्षेत्रका विज्ञहरूको प्रस्तुति एवम् छलफल हुने कार्यक्रम रहेको छ ।
सम्मेलनका क्रममा हुने दिगो लक्ष्यको वायु प्रदुषणसम्वन्धि लक्ष्यमा केन्द्रित रहने सत्रको अध्यक्षता समेत नेपालका तर्फबाट मन्त्री दाहालले गर्ने कार्य तालिका रहेको छ । मन्त्रालयका तर्फबाट मन्त्री दाहालसँगै उनका सल्लाहकार हर्कराज राई समेत कार्यक्रममा सहभागी हुनेछन् ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारी, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जन समेत सहभागी हुनेछन्।
कार्यक्रम संयुक्त राष्ट्रसङ्घ, आर्थिक तथा सामाजिक मामिला विभाग, संयुक्त राष्ट्रसङ्घ क्षेत्रीय विकास केन्द्र, एसियाली विकास बैङ्क, एसियाली पूर्वाधार लगानी बैङ्क लगायतका निकायहरूको आयोजनामा हुन लागेको हो ।
मङ्सिर २३ देखि चार दिन चल्ने कार्यक्रममा सहभागी भएर मन्त्री दाहाल सहितको टोली आगामी २८ गते साँझ नेपाल फर्कनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ मंसिर २०८१, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खाल्डाखुल्डीरहित सडक हामीले बनायौँ, प्रशंसा महानगरको भयो : मन्त्री दाहाल
फाष्टट्र्याक प्रस्थान विन्दुको समस्या छिट्टै समाधान हुन्छ : मन्त्री दाहाल
विपत्तिको सामना गर्न सक्ने ज्ञान र सिप हस्तान्तरण जरुरी छ : मन्त्री दाहाल
यातायात सहज बनाउनेबारे भौतिक र रक्षामन्त्रीबिच छलफल
मन्त्री दाहाल र वरिष्ठ कलाकार हरिवंश आचार्यबिच विकास निर्माणका विषयमा छलफल
अर्थतन्त्रमा अटोमोवाईल्स क्षेत्रको महत्त्वपूर्ण योगदान : मन्त्री दाहाल