सन्यासको संकेत गर्दै रोनाल्डोले भने– अब मसँग मैदानमा बिताउने समय धेरै बाँकी छैन

सफल खबर संवाददाता

मंगलबार, १५ असोज २०८१, १६ : ११
सन्यासको संकेत गर्दै रोनाल्डोले भने– अब मसँग मैदानमा बिताउने समय धेरै बाँकी छैन

काठमाडौँ। पोर्चुगिज सुपरस्टार फूटबलर क्रिस्टियानो रोनाल्डोले आफू सन्यासको नजिक रहेको संकेत गरेका छन् । हालै पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै साउदी अरेबियाको क्लब अल–नासरबाट व्यावसायिक फूटबल खेलिरहेका रोनाल्डोले अब आफूसँग मैदानमा बिताउने धेरै समय बाँकी नरहेको बताएका हुन् ।

‘म अहिले फूटबल खेलबाट मनोरञ्जन गरिरहेको छु । किनकि मलाई थाहा छ– अब मसँग पिचमा धेरै समय बाँकी छैन,’ उनले भने । पोर्चुगल राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोनाल्डोले अब आफ्ना लागि उत्कृष्ट खेलाडी बन्नु वा अवार्ड जित्नु महत्वपूर्ण नभएको स्पष्ट पारे ।

‘अब मेरा लागि उत्कृष्ट खेलाडी बन्नु वा अवार्ड जित्नु महत्त्वपूर्ण छैन । मेरा लागि अहिले मेरो टोलीलाई रमाइलो गर्नु र मद्दत गर्नु महत्त्वपूर्ण छ,’ उनले थपे । 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस