याङ्गुन । म्यानमारमा बाढी र पहिरोका कारण मर्नेको सङ्ख्या बढ्दो छ । समुद्री आँधी यागीका कारण आएको बाढी र पहिरोमा परेर २०० जना भन्दा धेरै जनाको मृत्यु भएको त्यहाँको सैन्य सरकारले बताएको छ । अरू ८० जना बेपत्ता रहेको बताइएको छ ।
यस आँधीले भियतनाम, लाओस्, थाइल्यान्ड र म्यानमारमा गएको हप्ता ५०० भन्दा धेरै जनाको मृत्यु भइसकेको सरकारी तथ्याङ्कहरूले देखाएका छन् । यागीका कारण म्यानमारमा पूरै गाउँ ध्वस्त हुँदा २२० जनाको मृत्यु भएको छ ।
सयौँ हजार खेतीयोग्य जमिन ध्वस्त भएका छन् । ५ लाखभन्दा धेरै मानिसलाई तत्कालै खानेकुरा र पिउने पानी, आश्रय र लत्ताकपडा चाहिएको संयुक्त राष्ट्र सङ्घ (यूएन)ले भनेको छ ।
यो बाढी म्यानमारको हालैको इतिहासमा आएको सबैभन्दा विनाशकारी भएको यूएनले भनेको छ । यागीका कारण थाइल्यान्डमा १० जनाको मृत्यु भएको छ भने लाओसमा एकको मृत्यु भएको थियो । भियतनाममा मृत्यु हुनेको सङ्ख्या २९२ पुग्दा, ३८ जना बेपत्ता छन् । आँधीले २ लाख ३० हजार घरहरूमा क्षति पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ असोज २०८१, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानमारमा बाढीका कारण दुई सय बढीको मृत्यु, पाँच लाख मानिसहरू प्रभावित
यागी चक्रवातपछि म्यानमारमा भीषण बाढी, दुई लाखभन्दा बढी मानिस प्रभावित
म्यान्मारमा थप ६ महिनाका लागि संकटकाल थपियो
आङसान सुकी सैनिक जेलबाट रिहा, घरमै नजरबन्दमा राखिने