यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

शनिबार, २९ भदौ २०८१, ०७ : १०
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। शुक्रबारको तुलानामा आज अमेरिकी डलरको मूल्यमा कमी आएको छ भने युरो र र युके पाउन्ड स्टर्लिङको मूल्य बढेको छ।

साउदी अरेबियन रियाल, कतारी रियाल, मलेसियन रिङ्गेट, युएई दिराम, हङ्कङ डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा सामान्य परिवर्तन आएको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६५ पैसा कायम भएकामा आज भने एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा रहेको छ।

त्यसैगरी, शुक्रबार युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ३८ पैसा कायम भएकामा आज बढेर एकको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ १६ पैसा कायम भएको छ।

शुक्रबार युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ७१ पैसा तोकिएकामा आज एकको खरिददर एक सय ७५ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ४८ पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस