कुमारी बैंक र दुसित ठानी हिमालयन रिसोर्टबीच सम्झौता

सफल खबर संवाददाता

मंगलबार, २५ भदौ २०८१, ११ : ४४
कुमारी बैंक र दुसित ठानी हिमालयन रिसोर्टबीच सम्झौता

काठमाडौं। कुमारी बैंक लिमिटेड र धुलिखेलस्थित दुसित ठानी हिमालयन रिसोर्टबीच सम्झौता भएको छ । सम्झौतासँगै अब बैंकका ग्राहकले रिसोर्टबाट प्रदान गरिने सेवामा विशेष छुट प्राप्त गर्नेछन् ।

यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूले उक्त रिसोर्टबाट प्रदान गरिने सेवाहरू जस्तै- खाना तथा पेय पदार्थ, देवराणा वेलनेस (स्पा), स्विमिङ पुल, ज्याकूजी, स्टीम तथा सोनामा बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैङ्किङ सेवाबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सक्ने बैंकको विश्वस्त छ ।विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारीले अनवरतरूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आएको छ ।

यसका साथै बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग इकाइमार्फत अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ । आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता बैंकको छ ।

प्रतिक्रिया दिनुहोस