कुमारी बैंक र दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच सम्झौता

सफल खबर संवाददाता

आइतबार, ०९ भदौ २०८१, १२ : ५२
कुमारी बैंक र दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच सम्झौता

काठमाडौं। कुमारी बैंक लिमिटेड र काठमाडौंको बाँसबारीमा रहेको दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच सम्झौता भएको छ । सम्झौतापश्चात अब कुमारी बैंकका ग्राहकहरूले हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्नेछन्।

यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकहरूले सो क्लिनिकबाट सम्पूर्ण सेवाहरू लिए बापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस्तै, कुमारी बैंकका ग्राहकहरूलाई उक्त क्लिनिकमा चिकित्सक सल्लाह शुल्क नि:शुल्क रूपमा उपलब्ध हुने बैंकले जनाएको छ ।यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

 

 

 

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाईहरूमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता बैंकको छ ।

प्रतिक्रिया दिनुहोस