काठमाडौं। कुमारी बैंक लिमिटेडले 'दशैं उत्सव क्यास ब्याक' अफर सञ्चालनमा ल्याएको छ । अनवरतरूपमा नवप्रवर्तनमा आधारित उत्कृष्ट सेवा प्रदान गरिरहेको बैंकले विजया दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरूलाई शुभकामना स्वरूप उक्त अफर सञ्चालनमा ल्याएको जनाएको छ ।
घटस्थापनादेखि महानवमीसम्मको ९ दिन सञ्चालनमा रहने यस अफरमार्फत कुमारी बैंकका सेवाग्राहीले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत वस्तु तथा सेवा खरिद बापतको रकम भुक्तान गर्दा प्रत्येक दिन ५० कार्ड प्रयोगकर्ता तथा ५० मोबाइल बैंकिङ प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँ बराबरको क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।
यो योजनाअन्तर्गत लाभान्वित सेवाग्राहीको संख्या बढाउन बिहान ८ बजे देखि बेलुका ११ : ५९ बजेसम्म सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीलाई नदोहरिने गरी क्यास ब्याक उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।
यस प्रकारको क्यास ब्याकले सेवाग्राहीमा विद्युतीय भुक्तानीका माध्यममार्फत कारोबार गर्न प्रोत्साहन मिल्ने तथा डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारीले अनवरतरूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।
आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता बैंकको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ असोज २०८१, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुमारी बैंक र भिजन कार्टबीच सम्झौता, ४० प्रतिशतसम्म छुट
तिहार र छठको अवसरमा कुमारी बैंकले ल्यायो क्याशब्याक अफर
कुमारी बैंक र दुसित ठानी हिमालयन रिसोर्टबीच सम्झौता
कुमारी बैंक र काठमाडौं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबीच सम्झौता
कुमारी बैंक र दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच सम्झौता
कुमारी बैंक र नव डर्मा स्किन एन्ड लेजर एस्थेटिकबीच सम्झौता