नेप्सेमा ९० अंकको पहिरो, १२ अर्बमा सीमित भयो कारोबार

सफल खबर संवाददाता

बुधबार, १९ भदौ २०८१, १५ : ४१
नेप्सेमा ९० अंकको पहिरो, १२ अर्बमा सीमित भयो कारोबार

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक उच्च अङ्कले घटेको छ। बुधबार नेप्से परिसूचक ९०.७३ अङ्कले घटेर २७३९.४६ को विन्दुमा पुगेको छ ।

यस दिन बजारमा २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता शेयरको खरिद-बिक्री हुँदा १२ अर्ब ९२ करोड ५६ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ ।अघिल्लो दिन मङ्गलबार मात्रै नेप्से परिसूचक ६.९४ अङ्कले बढेर २८३०.२० को विन्दुमा अडिएको थियो ।

साताको चौथो कारोबारका दिन एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।यी कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतले बढेको छ । 

उच्च अङ्कले घटेको बजारमा कुमारी इक्विटी फन्डका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् । कुमारी इक्विटी फन्डको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस