काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीति अस्थिरता र सामाजिक अराजकता नै नेपाली राजनीतिको चुनौतीका रूपमा रहेको बताएका छन् ।
मंगलबार कांग्रेस नेता स्व. प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकता चुनौतीका रूपमा रहेको बताएका हुन् ।
साथै उनले नेपाली समाजमा नेपाली नागरिक र राज्य जोडिन नसकेको पनि बताए । ‘जबसम्म नागरिक र राज्य जोडिँदैन । तबसम्म लोकतन्त्र सफल हुन सक्दैन’, पोखरेलको भनाइ छ । उनले कुनै पनि देश सफल हुन राज्य र नागरिकबिचको सम्बन्ध पनि राम्रो हुन जरुरी रहेको बताए ।
नेपाली समाजमा राज्य र नागरिक जोडिन सकेकै छैन’, उनले भने, ‘जसले चर्को स्वर गर्छ उसका पछि जनताहरू झुम्मिने अवस्था छ यसले समाजलाई सही दिशा दिँदैन ।’ उनले समावेशिताप्रति सबैको गहिरो लगाव रहेको भन्दै तत्कालीन माओवादी र राजासँग मिल्ने भन्ने बहस चलेका बेला आफूहरू दलहरूसँग मिल्नुपर्छ भन्ने डा। बाबुराम भट्टराईको पक्षमा उभिएको स्मरण गरे ।
महासचिव पोखरेलले समानुपातिक र समावेशितालाई परिवर्तन गर्ने खोजीमा लाग्नुपर्ने मान्यता कांग्रेस र एमालेको रहेकाले माओवादीले पनि त्यसमा असहमति राख्न नसक्ने बताए ।
महासचिव पोखरेलले विकास र समृद्धिका लागि धेरै दल नभएर बलिया राजनीतिक दल आवश्यक रहेको भन्दै सोही कारण दुई पार्टी कांग्रेस र एमालेबिच सहकार्य र सहमति गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ भदौ २०८१, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकहरूलाई हठ त्याग्न एमाले महासचिवको आग्रह, भन्छन्- अनौपचारिक सहमतिलाई अब औपचारिकता दिऔँ
पूर्वपञ्चहरूले नै ज्ञानेन्द्र शाहका आपराधिक काम सार्वजनिक गरेका थिए : पोखरेल
सामाजिक सञ्जाल दुरुपयोग र साइबर अपराध रोक्न विधेयक आयो, गलत अर्थ लगाएर विरोध नगरौं : महासचिव पोखरेल
जबजले धेरै दलबीचको प्रतिस्पर्धा अपरिहार्य भनेको छैन : शंकर पोखरेल
रविलाई कानूनी कारबाही गर्दा विद्रोह हुन्छ, नारायणहिटीमा राजा पस्छन् भन्नेसम्मको कुप्रचार गरियो : शंकर पोखरेल
एमालेलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल