भरतपुरमा नहरमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, ३२ साउन २०८१, २२ : ०७
भरतपुरमा नहरमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

चितवन  । चितवनमा सिँचाईको नहरमा पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका-२ स्थित स्वामिचोक नजिक रहेको सिँचाई नहरमा पौडी खोल्ने क्रममा आज डुबेर गोरखाको सिरानचोक गाउँपालिका -८ स्थित चिप्लेटीका १० बर्षिय एल्सन परियारको मृत्यु भएको हो ।

परियार भरतपुर ११ बसेनीमा डेरा गरी बस्दै आएका थिए । पौडी खेल्ने क्रममा डुबेर गम्भिर घाईते भएका उनलाई प्रहरीले उद्वार गरेको थियो । तर, भरतपुर अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस