काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पूर्वमहामन्त्री मुकुल ढकाललाई २४ घन्टे स्पष्टीकरण सोधेको छ ।
रास्वपाबाट ढकाललाई प्राप्त पत्रअनुसार पार्टीको साधारण सदस्यबाट किन ढकाललाई निष्कासन नगर्ने भन्दै २४ घन्टे स्पष्टीकरण सोधिएको छ ।
यसअघि नै ढकाललाई पार्टीको महामन्त्री, केन्द्रीय सदस्य र प्रवक्ताको पदबाट हटाएको रास्वपाले बुधबार पत्राचार गर्दै स्पष्टीकरण सोधेको हो ।
कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले सोधेको स्पष्टीकरणमा भनिएको छ,‘पार्टीविरुद्ध नियोजित रूपमा निरन्तर सक्रिय तपाईँलाई पार्टीको साधारण सदस्यबाट किन निष्कासन नगर्नेरु तपाईँको साधारण सदस्यता किन खारेज नगर्नु पर्ने ? आफ्ना आधार प्रमाण तथा भनाइसहित २४ घण्टाभित्र पार्टीमा स्पष्टीकरण पेस गर्नुहुन सूचित गरिन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० साउन २०८१, २१ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले प्रथम महाधिवेसन चितवनमा गर्ने
रास्वपाले प्रथम महाधिवेसन चितवनमा गर्ने
अनावश्यक प्रचार नगरी उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन
रास्वपाले बोलायो आकस्मिक बैठक
रवि पक्राउ पर्ने चर्चापछि चीन भ्रमण छोट्याएर फर्किए रास्वपाका नेता
रास्वपाले बोलायो आकस्मिक भेला