काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान संशोधनबारे दलको धारणा तय गर्ने भएको छ । शनिबारदेखि काठमाडौँको एक होटलमा सुरु भएको केन्द्रीय समितिको बैठकले संविधान संशोधनबारे दलको धारणा तय गर्ने भएको हो ।
बैठक आजबाट सुरु भएको र आइतबारसम्म सञ्चालन हुने पार्टीका सांसद गणेश पराजुलीले बताए । उनकाअनुसार बैठकमा राजनीतिक घटनाक्रम, समसामयिक विषयका बारेमा पनि छलफल हुनेछ ।
साथै पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक दलहरूबाट प्रतिशोध साँधिएको बारेमा पनि छलफल हुने बताइएको छ । जनपक्षीय मुद्दालाई सशक्त रूपमा अघि बढाउने बारेमा पनि छलफल हुने उनको भनाई छ । संगठनको भावी रणनीति, संगठन सबलीकरणका बारेमा पनि छलफल हुने बताउनु भयो ।उनले भने, ‘दुई दिने केन्द्रीय समितिको बैठकमा छौँ । राजनीतिक घटनाक्रमअन्तर्गत रहेर पार्टीलाई विषम परिस्थितिमा अप्ठ्यारो अवस्था सिर्जना भइरहेको छ ।
पार्टी सभापतिमाथिको आक्रमण, राजनीतिक प्रतिशोध साँधिएको छ । पार्टीलाई कमजोर बनाउन लागि परेका छन् । जनताले यी राजनीतिक दललाई जिस्काइरहेका छन् । ती समस्या चिरेर अघि बढ्ने जिम्मेवारी हामीसँग छ । जनपक्षीय मुद्दालाई सशक्त रूपमा अघि बढाउनु रास्वपाको जिम्मेवारी छ ।
उनले थपे, ‘स्थानीय तहको उपनिर्वाचनसँग जोडिएका विषयमा छलफल गरिरहेका छौँ । संगठनको भावी रणनीति, संगठनलाई सबलीकरणका बारेमा पनि छलफल गरिरहेका छौँ । सहकारी सम्बन्धी अध्यादेश, २०८१ सरकारले अहिले ल्याएको छ । सहकारीको समस्या समाधान गरेर पीडितलाई न्याय दिने र सहकारी ठगलाई कठघरामा उभ्याउने गरी काम गर्नुपर्ने बेलामा अध्यादेशमार्फत सरकारले आफू र आफू नजिककालाई बचाउने र सहकारीलाई अझ धराशायी बनाउने प्रक्रियामा भूमिका खेलेको छ । रास्वपा सभापतिलाई अप्ठ्यारो पार्ने गरी मात्रै दफा छिराइएको छ । संविधान संशोधनका बारेमा पनि कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० पुस २०८१, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाले गठन गर्यो संविधान परिमार्जन सुझाव कार्यदल
रास्वपाको केन्द्रीय समिति बैठक आज पनि
रास्वपाको केन्द्रीय समिति बैठक सुरु
रास्वपा केन्द्रीय समिति बैठक आजदेखि
संसदीय दलको कार्यवाहक नेताबारे छलफल गर्दै रास्वपा
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा