गुल्मीमा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु, दुई घाइते

सफल खबर संवाददाता

मंगलबार, २२ साउन २०८१, १३ : ०९
गुल्मीमा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु, दुई घाइते

काठमाडौं। गुल्मीको मुसिकोट नगरपालिका– १ बिसौनामा पहिरोले घर बगाउँदा चार जनाको मृत्यु भएको छ ।मंगलबार बिहान करिब नौ बजे २५ मिटरमाथिबाट आएको लेदो पहिरोले घर बगाउँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी राजन भुजेलले जानकारी दिए ।

उनका अनुसार लेदोले पुरिएर स्थानीय गोरे विक, हुकुम विक, मुसुरी विक र साढे दुई वर्षकी रिएन्सी विकको मृत्यु भएको हो ।त्यस्तै दुई जना घाइते भएका छन् ।घाइते हुकुम विक र नुना विकको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको एसपी भुजेलले जानकारी दिए ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस