काठमाडौ । ट्रेकिङ एजेन्सिस एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेल्ने तीन जनालाई एमालेले कारबाही गरेको छ ।
एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले आधिकारिक उम्मेदवारलाई हराउन मुख्य भूमिका खेलेको भन्दै धादिङ जिल्ला कमिटी सदस्य ध्रुव अधिकारी, संगठनका केन्द्रीय सदस्य हरिप्रसाद धरेल र दामोदर ढकाललाई आगामी दुई वर्षसम्म संगठनबाट निष्कासन गरेको जनाएको छ ।
गत भाद्र १७ गते सम्पन्न चुनावमा राजेन्द्रप्रसाद सापकोटा सहितलाई हराउन भूमिका खेलेको आोप उनीहरुमाथि छ ।
उनीहरुले आफ्नो उम्मेदवार हराउन खेलेको भूमिकाका प्रमाणहरु भाषण, भेटघाट र सामाजिक सञ्जालमा प्रयोग गरेका तस्बिरसहितको प्रमाण नेकपा एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारीलाई जानकारीको लागि संगठन विभागमा दर्ता गराइएको छ ।
साथै बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेल, धादिङ जिल्ला कमिटी, सिन्धुपाल्चोक जिल्ला कमिटी र उद्योग व्यवसायी विशेष जिल्ला कमिटीलाई समेत कारबाहीबारे जानकारी गराइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ असोज २०८१, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले रसुवाका अध्यक्षले छाडे पार्टी
एमाले मोरङको नेतृत्व छान्न मतदान सुरु
सहमतिका नाममा ३ घन्टा पर धकेलियो एमाले मोरङको चुनाव
एमाले सचिवालय बैठक बस्दै
एमालेसँग ७ करोड बचत, कांग्रेस साँढे दुई करोड घाटामा
अध्यादेश अघि नबढेपछि एमालेले बोलायो सचिवालय बैठक