ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०१ असोज २०८१, ०८ : ०८
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु

नवलपरासी । नवलपरासीको रामग्राममा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ। 

रामग्राम नगरपालिका ४ घोडपालीस्थितमा हुलाकी सडक खण्डमा गएराति ट्रकले ठक्कर दिँदा रामग्राम ९ जोकवारे निवासी ३७ वर्षीय प्रेम ढाँडीको मृत्यु भएको हो। 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख ७५४९ नम्बरको ट्रकले बिपरित दिशातर्फ जाँदै गरेको लु.प्र.०१-००२ प २०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। 

जिल्ला अस्पताल परासीमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए। 

दुर्घटनापछि प्रहरीले ट्रक चालकलाई पक्राउ गरेको छ।