दमौली आउँदै गरेको जिप दुर्घटना, छ जना घाइते

सफल खबर संवाददाता

आइतबार, १६ भदौ २०८१, १३ : ४२
दमौली आउँदै गरेको जिप दुर्घटना, छ जना घाइते

तनहुँ । ऋषिङ गाउँपालिका-१ झापुटारमा आज बिहान भएको जिप दुर्घटनामा छ जना घाइते भएका छन् । 

भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा मानवीय क्षति नभएको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस