जाजरकोट पहिरोमा घाइते बालिकालाई हेलिकोप्टरमार्फत उद्दार

सफल खबर संवाददाता

आइतबार, २३ भदौ २०८१, १४ : १३
जाजरकोट पहिरोमा घाइते बालिकालाई हेलिकोप्टरमार्फत उद्दार

काठमाडौं । जाजरकोटमा गएराति गएको पहिरोमा पुरिएर घाइते बालिकालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्दार गरेर सुर्खेत ल्याइएको छ । राति २ बजे पहिरो जाँदा घाइते ११ वर्षीया सम्झना चलाउनेलाई सेनाको हेलिकोप्टरमार्फत उद्दार गरेर कर्णाली प्रादेशिक अस्पताल पुर्याइएको सैनिक प्रवक्ताले बताए ।

राति भएको घटनामा ४७ वर्षीय मानबहादुर चलाउने र आमा ३८ वर्षीया प्रेमकुमारी चलाउनेको घटनास्थलमै ज्यान गएको छ । उनीहरुको शवलाई पोष्टमार्टमका लागि आधारभूत स्वास्थ्य कैन्द्र बारेकोट लगिएको हो ।

प्रतिक्रिया दिनुहोस