पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

सफल खबर संवाददाता

शुक्रबार, २१ भदौ २०८१, ०८ : २८
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान गएको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । 

बिहीबार रातिदेखि परेको वर्षाका कारण गएको पहिरोले घाँसीकुवा–डुम्रे खण्ड अवरुद्ध भएको हो ।

लेदो सहितको पहिरो हटाउने काम भइरहेको छ छिट्टै एकतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस