काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ ।
आज दिउँसो सवा १ बजे बस्ने बैठकमा खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।
बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउनेछन् ।
त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०७९-८० को चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ भदौ २०८१, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई राष्ट्रियसभाको ध्यानाकर्षण- प्रकृति लम्सालको मृत्यु प्रकरणमा छानबिनका लागि कूटनीतिक पहल थाल्नू
राष्ट्रियसभा बैठक बस्दै, के-के छन् कार्यसूचीमा ?
सरकारले राष्ट्रियसभामा ६ फागुनमा अध्यादेश निर्णयार्थ पेस गर्ने
सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेस
शिक्षा ऐन बनेपछि शैक्षिक समस्या समाधान हुँदै जानेछन् : नारायणप्रसाद दाहाल
राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान