जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरो खस्दा वडा सदस्यका दम्पती बेपत्ता भएका छन्।
गएराति अविरल वर्षासँगै आएको पहिरोले घर पुरिदाँ महिला वडा सदस्यका दम्पती बेपत्ता भएका हुन्।
बारेकोट गाउँपालिका–६ का वडाध्यक्ष डम्बरबहादुर महताराले महिला वडा सदस्य प्रेमकुमारी चलाउनेको घर पहिरोले पुरिँदा पतिपत्नी नै बेपत्ता भएका जानकारी दिए।
‘गए राति पहिरोले घर पुरिँदा वडा सदस्य प्रेमकुमारी चलाउने र उहाँका श्रीमान मानबहादुर चलाउने बेपत्ता हुनु भएको छ्,’ अध्यक्ष महताराले भने। पहिरोमा पुरिएकी उनीहरुकी ११ वर्षीय छोरीको उद्धार गरेर अहिले उपचारका लागि अस्पताल लगिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ भदौ २०८१, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन
म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु
सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध
काभ्रेमा बाढी पहिरो : एक सय खानेपानी आयोजनाको एक अर्ब बराबरको क्षति
सुक्खा पहिरो खसेपछि कटारी-घुर्मी सडक अवरुद्ध
सञ्चालनमा आयो पहिरोले अवरुद्ध सडक