रास्वपामाथि चौतर्फी घेराबन्दी जारी छ : रवि लामिछाने

सफल खबर संवाददाता

बुधबार, ०२ असोज २०८१, १९ : ४४
रास्वपामाथि चौतर्फी घेराबन्दी जारी छ : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीमाथि चौतर्फी घेराबन्दी जारी रहेको बताएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको पार्टीको पहिलो राष्ट्रिय भेलामा सभापति लामिछानेले पार्टीको महाधिवेशन २०८२ वैशाख २५‚ २६ र २७  गते गर्ने जानकारी दिए  ।

उनले आफ्नो प्रतिवेदन पेस गर्दै राष्ट्रपति गैरदलीय हुनुपर्ने प्रस्ताव गरेका छन् । यस्तै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्ताव गरेका छन् ।  

त्यसैगरी लामिछानेले राष्ट्रिय सभाको अध्यक्ष उपराष्ट्रपति हुने प्रस्ताव गरेका छन् ।